भूकम्पको धक्काले पर्वतमा एक घर भत्कियो
Wednesday, September 16th, 2020, 10:37 am
पर्वत, ३१ भदौ । बुधबार बिहान गएको भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ।
बुधवार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो।
लगातार परिरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताएका छन्।
गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो। त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।