भारत सरकारले नेपाललाई सहयोग स्वरुप दियो २००० भाइल रेमडेसिभिर
Tuesday, September 15th, 2020, 5:19 pm
काठमाण्डौ, ३० भदौ । भारत सरकारले नेपाललाई २००० भाइल रेमडेसिभिर सहयोग प्रदान गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मगलबार भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन्।
विश्वमा कोरोना भाइरस महामारीले निम्त्याएको चुनौतीको सामना गर्न भारत सरकारले नेपाललाई सहयोग स्वरुप यो औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।
यो औषधि अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिन्छ । चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरुको अस्पताल बसाइ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीयरुपमा सघाउ र्पुयाउँछ।
त्यस्तै भारत सरकारले गत वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड १९ टेष्ट किट (आरटी÷सीआर) र साउन २५ गते आईसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको थियो।