कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३७१ पुग्यो
Tuesday, September 15th, 2020, 4:49 pm
काठमाण्डौ, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ जना महिला र ७ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुने महिलामा काठमाडौँकी ८६ बर्षिया, सिराहकी ३५ बर्षिया, बाराकी ५५ बर्षिया र रुपन्देहीकी ६४ बर्षिया महिला रहेका छन्।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ३४, ९६, ६६ बर्षिय पुरुष, सर्लाहीका ६४ बर्षिय पुरुष, मकवानपुरका ६१ बर्षिय पुरुष, बाराका ५५ बर्षिय पुरुष र कपिलवस्तुका ५८ बर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।