मंगलबार थपिए १ हजार ४ सय ४९ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार ६२
Tuesday, September 15th, 2020, 4:32 pm
काठमाण्डौ, ३० भदौ । मंगलबार मात्रै देशभर थप १ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ५५ हजार ३ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार १ हजार ६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ४० हजार ६ सय ३८ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ भने संस्थागत आइसोलेशनमा ८ हजार १ सय ३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन्।