सीआईबीमा कार्यरत एक डीएसपीसहित २६ प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि
Tuesday, September 15th, 2020, 3:39 pm
काठमाण्डौ, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई संक्रमण देखिएको हो।
ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको ब्युरोका एक अधिकृतले बताएका छन्।
अन्य प्रहरी युनिट झैँ सर्वसाधारणको सम्पर्क नहुने ब्युरोमा कसरी संक्रमण फैलियो भन्ने खुलिसकेको छैन।