पोखराको मणिपाल अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
Tuesday, September 15th, 2020, 2:32 pm
कास्की, ३० भदौ । पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
पोखरा ९ का ७० वर्षीय ती पुरुषको मणिपाल अस्पतालमा उपचारका क्रममा गए राती ११ बजेर २० मिनेट मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार भदौ २५ गते अस्पताल भर्ना भएका उनलाई भदौ २८ गते कोरोना पुष्टि भएको हो ।
ती पुरुष क्यान्सरका पनि दिर्घ रोगी थिए भने कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो।
यो सँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३१ पुगेको छ।