सरकारको प्रवक्तामा परराष्ट्र मन्त्री ज्ञवाली मनोनित
Tuesday, September 15th, 2020, 11:00 am
काठमाण्डौ, ३० भदौ । सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पाएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेका हुन्।
मन्त्री ज्ञवालीका निजी सचिवालयका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको हो।
गत भदौ २० गते सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।