विद्युत मर्मत गर्दा पोलबाट खसेर प्राधिकरणका एक कर्मचारीको मृत्यु
Tuesday, September 15th, 2020, 10:31 am
पर्वत, ३० भदौ । विद्युत मर्मत गर्ने क्रममा पोलबाट खसेर पर्वतमा एक जनाको मृत्यु भएको छ।
विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत भोलाराम शर्माको पोलबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्यत मर्मत गर्दा पोलबाट खसेका शर्मालाई उपचारका लागि पर्वत अस्पताल लगिएको थियो।
शर्मा विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा विद्युत इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत थिए।