वीरगन्जमा बाराका एक कोरोना संक्रमित महिलाको मृत्यु
Tuesday, September 15th, 2020, 10:14 am
वीरगन्ज, ३० भदौ । कोरोना संक्रमणका कारण वीरगन्जमा थप एकजना महिलाको मृत्यु भएको छ।
बाराको जितपुरसिमारा उपमहानगरपालिका १४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई सोमबार विहान अस्पताल भर्ना गरी आइसियूमा राखेर उपचार गरिएको थियो। ती मृतक महिला मधुमेह र उच्च रक्तचापले ग्रसित थिइन्।
योसँगै हालसम्म वीरगन्जमा मात्र कोरोनाका कारण ६२ जनाको मृत्यु भइसकेको छ।