पछिल्लो २४ घण्टामा थपिए १ हजार १ सय ७० कोरोना संक्रमित, डिस्चार्ज भए ८ सय ७९
Monday, September 14th, 2020, 4:28 pm
काठमाण्डौ, २९ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ५५ हजार ३ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ७९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ३९ हजार ५ सय ७६ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज १० हजार ७ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ।