सिन्धुपाल्चोक पहिरोमा बेपता भएकामध्ये थप दुई जनाको शव फेला, मृतकको संख्या १३ पुग्यो
Monday, September 14th, 2020, 1:12 pm
सिन्धुपाल्चोक, २९ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भिरखर्क र नाकुचेमा हिजो गएको पहिरोमा बेपता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ।
सोमबार बिहान थप दुई जनाको शव फेला परेको हो भने ती शव भिरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको भएको र उनीहरूको शव परिवारले बुझिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ।
योसँगै सिन्धुपाल्चोकमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।