आज सुनचाँदीको भाउ बढ्यो
Monday, September 14th, 2020, 12:23 pm
काठमाण्डौ, २९ भदौ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य तोलाको ९६ हजार ९ सय कायम गरिएको छ भने छापावालसँगै तेजाबी सुन पनि तोलाको ४ सयले नै बढेर ९६ हजार ४ सय कायम गरिएको छ।
त्यस्तै चाँदीको भाउ पनि हिजो स्थिर थियो भने आज तोलामा १० रुपैयाँ बढ्ेर प्रतितोला १३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।