भूमध्यसागरमा सैनिक बढाएपछि फ्रान्सलाई टर्कीको चेतावनी
Sunday, September 13th, 2020, 6:21 pm
एजेन्सी, २८ भदौ । फ्रान्स र टर्कीबीच बढ्दै गरेको तनावका बीच फ्रान्सले पूर्वी भूमध्यसागरमा आफ्नो सैन्य उपस्थिति बढाएपछि टर्कीले निहुँ नखोज्न फ्रान्सलाई चेतावनी दिएको छ।
टर्कीकाका राष्ट्रपति रिसेप तैयप एर्दोगानले सन् १९८० को सैन्य कूको ४०औँ वार्षिक समारोहमा बोल्दै फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँलाई विवादमा नफस्न चेतावनी दिएका हुन्।
यस किसिमको कामले फ्रान्ससँगको टर्कीको समस्या अझै बढ्न सक्ने उल्लेख गर्दै एर्दोगानले टर्कीसँग निहु खोज्न र खेलबाड नगर्न भनेका छन्।
अमेरिकाले पनि पूर्वी भूमध्यसागरमा जारी सैन्य अभ्यासले समस्या बढाउने भन्दै यसका लागि कूटनीतिक समाधान खोज्न टर्कीसँग आग्रह गरेको छ।