आइतबार थपिए १ हजार ३९ कोरोना संक्रमित, डिस्चार्ज भए १ हजार १ सय ७३
Sunday, September 13th, 2020, 4:29 pm
काठमाण्डौ, २८ भदौ । आइतबार मात्रै देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या संख्या ५४ हजार १ सय ५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार १ हजार १ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ३८ हजार ६९७ जना कोरोनाबाट निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै आज ९ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ।