सिन्धुपाल्चोक पहिरोमा परेर बेपता भएकामध्ये ७ जनाको शव फेला
Sunday, September 13th, 2020, 12:11 pm
सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा बेपता भएकमध्ये ७ जनाको शव फेला परेको छ।
शव फेला परेकाहरुको सनाखत पनि भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा, भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिक र नेवारटोलका ६० वर्षीय सर्किनी नेवार र ६५ वर्षीय धनलाल नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ।
पहिरोका कारण बेपता भएका अन्यको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।