शनिबार काठमाण्डौ उपत्यकामा थपिए ४ सय ३१ कोरोना संक्रमित
Saturday, September 12th, 2020, 4:36 pm
काठमाण्डौ, २७ भदौ । शनिबार मात्रै काठमाण्डौ उपत्यकामा ४ सय ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।