चितवनमा दुई सैनिकको करेन्ट लागेर मृत्यु
Saturday, September 12th, 2020, 2:09 pm
चितवन, २७ भदौ । चितवनमा करेन्ट लागेर दुई जना सैनिकको ज्यान गएको छ।
कालिका नगरपालिका वडा नं ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार (आज) बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र एक जना जवानको मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।