सुतिरहेको बेला गोठ भत्किएपछि दुई बालकको मृत्यु, दुई घाईते
Saturday, September 12th, 2020, 1:01 pm
रोल्पा, २७ भदौ । रोल्पामा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
अविरल वर्षाका कारण गोठ भत्किएपछि लुङग्री गाउँपालिका–१ किलाचौरका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
सुतिरहेको बेला गोठ भत्केपछि मृत्यु भएका बालकका ३० बर्षीय आमा नन्नकली घर्ती र हजुरआमा विरमाली घर्ती घाइते भएका छन् भने नन्नकली सामान्य घाइते भएको र विरमालीलाई उपचारका लागि सुलिचौरतर्फ लगिएको छ।