पोखरामा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्य
Saturday, September 12th, 2020, 12:53 pm
कास्की, २७ भदौ । पोखरामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका ५ का ४५ वर्षीया महिलाको पोखरा महानगरपालिकास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ।