काठमाण्डौमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु
Friday, September 11th, 2020, 6:08 pm
काठमाण्डौ, २६ भदौ । काठमाण्डौमा घरबेटीको कुटाइबाट डेरामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ।
महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका अनुसार काठमाण्डौको कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको हो।
घरबेटी महर्जनले शुक्रबार विहान सामान्य विवादलाई लिएर चौधरीमाथि कुटपिट गरेका थिए भने कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ।