नेकपाको जारी स्थायी कमिटी बैठक आज सकियो, महाधिवेशन चैतमा गर्ने तयारी
Friday, September 11th, 2020, 5:54 pm
काठमाण्डौ, २६ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबार बसेको स्थायी कमिटी बैठकले ०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
यसैगरी महाधिवेशनबारे छलफल गर्नका लागि नेकपाले केन्द्रीय समितिसमेत आह्वान गरेको छ।
आगामी कात्तिक १५ देखि १७ गतेसम्म पार्टीको केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने श्रेष्ठले जानकारी दिएका छन्।
त्यस्तै नेकपाको जारी स्थायी कमिटी बैठक आज सकिएको उनले बताएका छन्।