कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३२२ पुग्यो
Friday, September 11th, 2020, 4:51 pm
काठमाण्डौ, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र ४ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङका ४० वर्षीया महिला रहेकी छन्।
त्यस्तैगरी महोत्तरीका ६५ बर्षीय, धनुषाका ४५ बर्षीय, काठमाडौंका ७० बर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।