पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थपिए ६ सय ९६ कोरोना संक्रमित
Friday, September 11th, 2020, 4:43 pm
काठमाण्डौ, २६ भदौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६ सय ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६ सय २०, ललितपुरका ३८ र भक्तपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। काठमाण्डौमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ भने उपत्यकाको स्थिति भयावह झन् बन्दै गइरहेको छ।