शुक्रबार थपिए १ हजार ४ सय ५४ कोरोना संक्रमित, डिस्चार्ज भए ९ सय ७२
Friday, September 11th, 2020, 4:30 pm
काठमाण्डौ, २६ भदौ । शुक्रबार देशभर थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार मात्रै ९ सय ७२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म ३६ हजार ६ सय ७२ जना उपचारपछि निको भएका छन्। ]
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ छ। ८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४ सय ३८ होम आइसोलेसनमा छन्।
यस्तै आज मात्रै १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ।