सुशान्त सिंह राजपूत आत्महत्या प्रकरण : रिया चक्रवर्तीलाई जमानतमा छोड्न अदालतद्वारा अस्वीकार
Friday, September 11th, 2020, 4:18 pm
एजेन्सी, २६ भदौ । सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ र उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ।
निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे विस्तृत अनुसन्धानको आवश्यकता भएको बताएका छन्।
उनीबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि जमानत खारेज भएको छ।
अदालतको फैसलापछि रियाका वकिल सतिश मानशिन्देले अर्डरको कपी पाएपछि अगाडिको कदम उठाउने र अर्को हप्ता हाइकोर्टम अपिल गर्नसक्ने बताएका छन्।
यसअघि मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले बिहिबार निर्णय रिजर्भ राखेको थियो। ८ सेप्टेम्बरमा मजिस्ट्रेट कोर्टले जमानत याचिका खारेज भएपछि रियाले मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा अपिल गरेकी थिइन्।
८ सेप्टेम्बरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) द्वारा पक्राउ परेकी रियालाई प्रवर्तन निर्देशनालय (इडी) ले रियाविरुद्ध नयाँ मुद्दा दर्ता गर्ने सम्भावना रहेको छ।