आगामी ३ दिन देशभका अधिकांश स्थानमा वर्षाको सम्भावना
Friday, September 11th, 2020, 3:58 pm
काठमाण्डौ, २६ भदौ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशको अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ भने अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ।
त्यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ।