कोरोनासम्बन्धी अफवाह फैलाएको आरोपमा २ जना युवक पक्राउ
Friday, September 11th, 2020, 3:35 pm
कास्की, २६ भदौ । सामाजिक सञ्जालमा कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार पर्वतको मोदी गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका ४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दबैजनाले पोजेटिभ भनीे सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।
पक्राउ परेका ती अभियुक्तहरुउनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।