केन्द्रीय कारागारका ४ जना कैदीमा मृत्यपश्चात कोरोना पुष्टि
Friday, September 11th, 2020, 3:18 pm
काठमाण्डौ, २६ भदौ । केन्द्रीय कारागारका ४ जना कैदीलाई मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कारागारका अनुसार वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीमा कोरोना संक्रमण पुष्टि भएको हो।
मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । वीर अस्पतालमा उपचारका क्रममा ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो।
केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जना कोरोना संक्रमणमुक्त भईसकेका छन्।
त्यस्तै संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको केन्द्रिय कारागारले बताएको छ।