रूखले च्यापिएर एक युवतीको मृत्यु
Friday, September 11th, 2020, 1:02 pm
धनगढी, २६ भदौ । अछाममा रूखले च्यापिएर एक युवतीको मृत्यु भएको छ।
कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ वर्षीया निशा थापाको रुखले च्यापिएर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बिहीबार घर नजिकैको जंगलमा दाउरा ल्याउने क्रममा सल्लाको रूखले घाँटी च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक युवती जाल्पादेवि मावि ढाकुमा कृषि जेटिएमा अध्ययनरत थिइन्।