प्रहरी हिरासतमा रहेका थुनुवाले शौचालयमा झुण्डिएर गरे आत्महत्या
Friday, September 11th, 2020, 12:54 pm
कैलाली, २६ भदौ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक अभियुक्तले थुनुवा शौचालयमा पासो लगाएर आत्महत्या गरेका छन्।
भदौ २१ गते चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान ९ बजेर २५ मिनेटमा सेती प्रादेशिक अस्पतालमा पुरयाएको थियो।