पाटन अस्पतालमा काठमाण्डौका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु
Friday, September 11th, 2020, 11:56 am
ललितपुर, २६ भदौ । ललितपुरमा थप एक जना कोरोन संक्रमितको मृत्यु भएको छ।
पाटन अस्पतालमा काठमाण्डौका ६३ वर्षका पुरुषको उपचारका क्रममा गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
गएको बुधबारदेखि ती पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको अस्पतालले बताएको छ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ।