झापालाई केन्द्र विन्दु बनाए पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस
Friday, September 11th, 2020, 11:07 am
काठमाण्डौ, २६ भदौ । आज बिहान झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ।
झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ३० मिनेटमा पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपाल÷भारत सीमा नजिक गएको भूकम्पको वरपर धक्का महशुस भएको हो। यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ।