बिहीबार काठमाण्डौका ४९५ सहित उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित
Thursday, September 10th, 2020, 4:43 pm
काठमाण्डौ, २५ भदौ । बिहीबार काठमाण्डौ उपत्यकामा ५ सय ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ४ सय ९५, ललितपुर ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। काठमाण्डौमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ भने उपत्यकाको स्थिति भयावह बन्दै गइरहेको छ।