यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि लाइसेन्स नवीकरण सुरु गर्ने
Thursday, September 10th, 2020, 3:53 pm
काठमाण्डौ, २५ भदौ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सूचारु गर्ने जनाएको छ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाले विहीबार सूचना जारी गर्दै आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु गर्ने जनाएको हो।
सूचनामा भनिएको छ, ‘मिति २०७७÷०५÷२८ गते आइतबारदेखि यस कार्यलयबाट प्रदान गरिने सवारी चालक अनुमति प्राप्त नवीकरण गर्ने कार्य सूचारु रहने साथै अन्य सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।’
तीन सातादेखि जारी निषेधाज्ञाका कारण सवारी चालक अनुमतिपत्र नवीकरण कार्य स्थगित थियो।
