मेडिकल कलेज भरतपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
Thursday, September 10th, 2020, 2:32 pm
चितवन, २५ भदौ । चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका वडा नं. ११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बिहीबार दिउँसो १२ः२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ।
मृतक कडा निमोनियाबाट पीडित थिए भने भदौ २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
योसंगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।