खानेपानी संस्थान पोखराका सहायक प्रशासक घुससहित पक्राउ
Thursday, September 10th, 2020, 12:44 pm
पोखरा, २५ भदौ । खानेपानी संस्थान पोखरामा कार्यरत सहायक प्रशासकलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ।
पोखरा खानेपानी संस्थानका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन्।
उनलाई पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा घुस लेनदेन गर्दै गर्दा अख्तियार पोखराको टोलीले पक्राउ गरेको हो।