आज पनि सुनचाँदीको भाउमा सामान्य वृद्धि
Thursday, September 10th, 2020, 12:13 pm
काठमाण्डौ, २५ भदौ । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज (बिहीबार) ४ सय रुपैयाँले सुनको भाउ बढेको छ।
हिजो छापावाल सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९६ हजार ३ सय कायम गरिएको छ । हिजो तोलाको ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी हिजोको तुलनामा आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आजका लागि चाँदीको भाउ तोलाको १ हजार ३२५ रुपैयाँ कायम भएको छ।