बाग्लुङको ढोरपाटनमा गएको बाढीमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो
Thursday, September 10th, 2020, 11:53 am
बाग्लुङ, २५ भदौ । गत भदौ १७ गते बाग्लुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमो आएको बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो। योसंगै पहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ।
प्रहरीका अनुसार बुधबार अन्दाजी २३ वर्षिय पुरुष र ३० वर्षीया महिलाको शव गुल्मीको सत्यवती नगरपालिका–१ रूद्रबेनीको बडिगाड खोला किनारमा फेला परेको छ। उनीहरुको शवको भने सनाखत भएको छैन।
बुधबार भेटिएका शवहरुको सनाखतका लागि बेपत्ता भएकाहरुको परिवारलाई बोलाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले बताएको छ।
सो बाढी पहिरोमा परी मृत्यु भएकामध्ये १७ जनाको यस अघि नै दाहसंस्कार भैसकेको छ भने अझै १७ जना बेपत्ता नै छन्।