भोजपुरमा देवरको कुटाइबाट भाउजुको मृत्यु
Thursday, September 10th, 2020, 11:39 am
भोजपुर, २५ भदौ । भोजपुरमा देवरको कुटपिटमा परी भाउजुको मृत्यु भएको छ भने प्रहरीले अभियुक्त देवरलाई पक्राउ गरेको छ।
टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गत भदौ २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेकोे हो। कुटपिटपछि केशरमायालाई डिलबाट हुत्याएर आफु घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा उनी मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।
अभियुक्त राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।