भोलिदेखि उपत्यकामा १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात र सबै किसिमका निजी सवारीसाधनमा जोरबिजोर लागू
Wednesday, September 9th, 2020, 5:59 pm
काठमाण्डौ, २४ भदौ । उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरुको आज बसेको बैठकले काठमाडौं उपत्यकामा भोलि (बिहीबार) देखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ।
३ हप्तादेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको काडमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन्।
प्रजिअ दाहालका अनुसार यसैगरी सबै किसिमका निजी सवारी साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले गरेको छ।