पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित
Wednesday, September 9th, 2020, 4:44 pm
काठमाण्डौ, २४ भदौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३ सय ९४, ललितपुर ३४ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। काठमाण्डौमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ भने उपत्यकाको स्थिति भयावह बन्दै गइरहेको छ।