धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको भूकम्प
Wednesday, September 9th, 2020, 4:38 pm
काठमाण्डौ, २४ भदौ । धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ । धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पको परकम्प हो।