अफगानिस्तानको राजधानी काबुलमा उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट, कम्तीमा १० जनाको ज्यान गयो
Wednesday, September 9th, 2020, 2:39 pm
एजेन्सी, २४ भदौ । अफगानिस्तानको उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरी राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ।
बीबीसीले उल्लेख गरे अनुसार उक्त बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको छ भने ज्यान गुमाउने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका छन्।
अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो । सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिन्छ तर तालिबानले भने आफूले सो बम विस्फोट नगराएको दाबी गरेको छ।
उपराष्ट्रपति सलेहले उक्त बम विस्फोटपछि आफ्नो एउटा हात सामान्य जलेको भएतापनि आफूलाई लक्षित गरी आक्रमण भए पनि आफूले राजनीतिक यात्रा नरोक्ने बताएका छन्।