बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड भेटवार्ता जारी
Wednesday, September 9th, 2020, 12:31 pm
काठमाण्डौ, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको छ।
दुई अध्यक्षबीच शुक्रबार बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने बुझिएको छ भने उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा पनि जुटेका छन्।
पछिल्लो समय पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्नका लागि बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्ने विषयमा छलफलपछि प्रस्ताव तयार गरेर अघि बढ्ने तयारी रहेको छ । मुलतः कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपाललले राखेको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा ओली प्रचण्ड केन्द्रीत रहेको बुझिएको छ ।