ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
Wednesday, September 9th, 2020, 12:05 pm
काठमाण्डौ, २४ भदौ । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो।
ती पुरुषलाई सोही दिन अल्का अस्पतालमा भर्ना गरिएको थियो भने उनको स्वास्थ्यमा जटिल समस्या भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।