चितवनमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
Wednesday, September 9th, 2020, 11:44 am
चितवन, २४ भदौ । चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्य भएको छ।
नवलपुर देवचुली नगरपालिका १ बस्ने ६४ वर्षीय पुरुषको चितवनको भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचारका क्रममा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ।
मृतकको मिर्गौला फेल भइ डायलिसिस गराइरहेको थियो भने भदौ १७ गते कोरोना संक्रमको पुष्टि भएको थियो। उनमा खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि १९ गते भरतपुर अस्पतालमा ल्याइ आइसीयूमा भर्ना गरिएको थियो।
उनको मंगलबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ।