सुशान्त आत्महत्या प्रकरण : ड्रग्स खरिदको आरोपमा रिया चक्रवर्ती पक्राउ
Tuesday, September 8th, 2020, 5:35 pm
एजेन्सी, २३ भदौ । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ।
सुशान्त आत्महत्या प्रकरणमा उनलाई मुख्य निशानामा राखिएको छ भने उनीमाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ।
आज एनसीबीले उनलाई ड्रग्स खरिद गरेको आरोपमा पक्राउ गरेको छ । ड्रग्ससँग जोडिएपछि यो विषयमा हात हालेको एनसीबीले रियालाई धेरै दिनदेखि अनुसन्धान र सोधपुछ गर्दै आएको थियो भने पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ।
आज रियासंग बयान लिने क्रममा एनसीबीले ३ घण्टा सोधपुछ गरेको थियो भने उनको गाडीलाई भने फिर्ता पठाइदिएको थियो।
पहिलो दिन ६ घन्टा, दोस्रो दिन ८ घन्टा सोधपुछ गरेको एनबीसीले आज तीन घण्टा बयान लिएपछि उनलाई हिरासतमा लिएको हो।
रियाका भाई शोविक चक्रवर्तीलाई पनि ड्रग्स खरिद गरेको आरोपमा यसअघि नै पक्राउ गरिएको थियो।