दैनिक २५ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
Tuesday, September 8th, 2020, 5:12 pm
काठमाण्डौ, २३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालयसंग दैनिक २२ देखि २५ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको छ।
विभिन्न विधिबाट कोरोना परीक्षण गर्ने ढोका खुलेका छने भने जीन एक्पर्टबाट पनि परीक्षण भइरहेको र साथै एन्टिजेन परीक्षण गर्नलाई त्यसको गुणस्तर प्रत्याभूति गर्ने काम भइरहेको डा. गौतमले बताएका छन्।
यता सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरिरहेको र मन्त्रालयले भने जापानबाट ६० हजार एन्टिजेन किट आउन लागेको भन्दै छिट्टै उक्त विधिबाट परीक्षण गरिने बताइरहेको बेला विज्ञहरूले भने उक्त परीक्षण विश्वसनीय नभएको भन्दै परीक्षण नगर्न सुझाएका छन्।
अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ।