मंगलबार काठमाण्डौ उपत्यकामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि
Tuesday, September 8th, 2020, 4:40 pm
काठमाण्डौ, २३ भदौ । मंगलबार काठमाडौं उपत्यकामा ३ सय ९६ नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। पछिल्लो केही समयदेखि काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ।