चीनका राष्ट्रपति सि जिनपिङले कोभिड १९ महामारी विरुद्धको लडाइमा योगदान पुर्याउनेहरुप्रति राष्ट्रको उच्च पदकहरुले सम्मान
Tuesday, September 8th, 2020, 3:29 pm
एजेन्सी, २३ भदौ । चीनका राष्ट्रपति सि जिनपिङले कोभिड १९ महामारी विरुद्धको लडाइमा बिशिष्ठ योगदान पुर्याउनु भएका चीनका ख्यातिप्राप्त व्यक्ति तथा सामाजिक संस्थाहरुलाई राष्ट्रका उच्च पदकहरुले सम्मान गरेका छन्।
उक्त बिशेष समारोहालाई सम्बोधन गर्दै रास्ट्रपति सि जिनपिङले कोभिड १९ विरुद्धको लडाइले एकपल्ट पुनः चिनियाँ बिशेषतायुक्त सामाजवादाले नै यस्ता महाविपत्तिहरुको खतरा र चुनौतीहरुलाई प्रतिकार गर्नका लागी राष्ट्रलाई सक्षम बनाउन सक्ने आधारभूत सुनिश्चता प्रमाणित गरिदिएको बताएका छन्।
रास्ट्रपति सि ले आफ्नो सम्बोधनको क्रममा कोभिड १९ संगको लडाइले भबिस्यकालागि समान सहभागितामूलक समाजको निर्माणको सोचाई नै यस्ता चुनौतीहरुबाट मानवजातीलाई जोगाउने र सुन्दर बिश्वको निर्माणको लागि उपयुक्त बाटो हो भन्ने प्रमाणित गरिदिएको बताएका छन्।
उक्त बिशेष समारोहमा कोभिड १९ लाई नियन्त्रण तथा उपचार गर्नमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा चीनका ख्यातिप्राप्त स्वासप्रस्वास रोगका बिशेषज्ञ जोङ्ग नान्सान लाई चीनको उच्च सम्मान ‘मेडल अफ द रिपब्लिक’ ले सम्मान गरिएको छ। उनले सन् २००३ मा सार्स भाइरस पत्ता लगाएका थिए । यस्तै अर्को प्रसिद्ध पदक ‘द पिपुल्स हिरो’ बाट ३ जना प्रसिद्ध डाक्टरहरु हाङ्ग वोली, हाङ्ग डिन्गयु र र चेन वोईलाई समान गरिएको छ।